२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता ः सांसद नेम्वाङ

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता ः सांसद नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आफ्नो बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताए ।

नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे।

 ‘नेपालमा धेरै विकासका काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर संसदबाट धेरै ऐन,कानून,नीति निर्माण भएका छन् तर, ति प्राविधिक कारणले होस कि सुशासनको कमीले सबै कामहरुले पूर्णता प्राप्त गरेको छैन् कार्यान्वयन भएको छैन’, उनले भने, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ । बुवाले देखाउनुभएको इमानको बाटोमा निष्ठापूर्वक ति सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्छु।’

आफूले इलामको विकासमा प्राथमिकता दिएर सघीय संसदमा कृषि,शिक्षा,पर्यटन लगायतका क्षेत्रमा ऐन निर्माण वा संशोधन गर्नु आवश्यक भए त्यसमा पहल गर्नेमा उनले जोड दिए ।

‘इलामको समस्या समाधानका लागि संसदमा मैले के गर्नुपर्छ भन्नेमा मेरो विशेष ध्यान हुन्छ । साथै इलामको शिक्षा,स्वास्थ्य,कृषि,पर्यटनसँग जोडिएका एन कानून निर्माण देखि परिमार्जन सम्ममा ध्यान दिएर अगाडि बढ्नुपर्छ’ सांसद नेम्वाङले भने । सहकारी रकम हिनामिना प्रकरणमा कांग्रेसले राखेको संसदीय समिति गठनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘हरेको कुराको हल सम्वादबाटै हुन्छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ बैशाख २६, बुधबार १७:२६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ बैशाख २६, बुधबार १७:२६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ बैशाख २६, बुधबार १७:२६ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP