२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन । धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् ।
निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन् २०१९ बाट सुरु गरेका थिए ।

त्यो समयमा यो फिल्म तीन भागमा निर्माण गरिने घोषणा भएको थियो । घोषणा अनुरुप फिल्मको काम सुरु भएको भनिए पनि लगानीकर्ताको अभावमा आधिकारिक रुपमा काम अगाडि बढ्न सकेको छैन ।
केही दिनअघि मात्र फिल्म दुई भागमा निर्माण हुने खबर बाहिर आएको थियो । अहिले फिल्मको सम्पूर्ण कारोबार प्राइम फोकस र उनीसँगै अभिनेताबाट निर्माता बनेका यशले सम्हालिरहेका छन् ।


फिल्मका हालका निर्माताले कानूनी विवादबाट बच्न र आफ्नो सम्बन्धलाई अझ खराब हुनबाट जोगाउनका लागि भइरहेको फिल्मको काम पनि रोक्न सुझाव दिएका छन् ।
केही महिना अघि फिल्म ‘रामायण’को लुक टेस्टका लागि लिइएको तस्वीर र भिडियोमार्फत फिल्मको सुटिङको प्रचार भइरहेको भन्दै प्रचार गरिएको थियो । निर्माण पक्षले भिडियो र तस्वीरको प्रचार गरेर देशी विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखे पनि फिल्मका लागि ठूलो स्टुडियो वा विदेशी लगानीकर्ताले रुची देखाएका छैनन् ।


फिल्मको बजेट सय मिलियन बताइएको छ । फिल्म रिलिज गर्नका लागि प्राइम फोकसले केही विदेशी कम्पनीसँग कुराकानी गरे पनि कसैले चासो देखाएका छैनन् । लगानीकर्ता नभएकै कारण निर्माण पक्षले हालसम्म कलाकार र प्राविधिकको नाम आधिकारिक रुपमा सार्वजनिक गर्न सकेका छैनन् ।
०००

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ जेष्ठ ९, बुधबार १७:४० गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ जेष्ठ ९, बुधबार १७:४० गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ जेष्ठ ९, बुधबार १७:४० गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP