२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध एकदिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्का कर्मचारी, मूल्यांकनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिएका हुन् ।
सोही अनुरूप परिषद्ले सबै विभागका कर्मचारीहरूलाई व्यवहारिक, नैतिक र कानुनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको हो । परिषद्कै इतिहासमा पहिलो पटक आफ्ना कर्मचारीहरूलाई यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
उक्त सचेतनाले कार्यस्थलमा महिला, पुरुषले एक अर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने ? यौनजन्य दुर्व्यवहार भनेको के हो ? कसरी हुन्छ ? त्यस्ता दुर्व्यवहारबाट कसरी बच्ने, कानुनी प्रावधान के छ ? लगायत कानुनी र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ जेष्ठ १०, बिहीबार १७:१४ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ जेष्ठ १०, बिहीबार १७:१४ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ जेष्ठ १०, बिहीबार १७:१४ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP