२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसददेखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ ।
शुक्रबार(भोलि)बाट सडकमा उत्रिने निर्णय गरेको कांग्रेसले आन्दोलनका कार्यक्रमहरु आइतबारदेखि मात्र गर्ने निर्णयमा पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका कांग्रेस सभापतिसँगको छलफलपछि कांग्रेस आइतबार विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो ।
यसअघि शुक्रबार विरोध प्रदर्शन गर्ने गरी प्रस्ताव ल्याए पनि आवश्यक तयारी नपुग्ने भन्दै विरोध प्रदर्शनको कार्यक्रम आइतबार गर्न लागिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । पहिलो निर्णयलाई नै परिमार्जन गर्न बाध्य भएको कांग्रेसको आन्दोलनमा जन सहभागिता कति रहन्छ भन्ने मुख्य सवाल छ ।


सत्ता साझेदर दलहरुले आन्दोलनको सार्थकता र जनसहभागितालाई नजिकबाट नियालिरहेका छन् । अस्थिर प्रदेश र संघीय सरकारको काम कारवाही भोगेर–देखेर अवाक भएका मानिसहरु कांग्रेस नेतृत्वको आन्दोलनमा सहभाभी हुने विषयमा सबैको चासो देखिएको छ ।
कांग्रेसले लामो समयदेखि संसद्मा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।


बुधबार कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको हो । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगीमा संलग्नमाथि कारबाही माग गरेको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ जेष्ठ १०, बिहीबार १७:३९ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ जेष्ठ १०, बिहीबार १७:३९ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
  • २०८१ जेष्ठ १०, बिहीबार १७:३९ गते

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी...

TOP