२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित नेकपा माओवादी केन्द्रको सल्यान–काठमाडौं सम्पर्क समितिको छैटौं भेलालाई सम्बोधन गर्दै मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै त्यही नीति तथा कार्यक्रममा टेकेर अगामि आर्थिक वर्षको बजेट निर्माणलाई तिव्रता दिइएको बताएका हुन् ।


उनले भने, ‘सत्ता साझेदारी हुनेबेला नै सत्ताधारी दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा भएको छ । सरकारको प्रतिवद्धता पनि त्यही हो । त्यसैले साझा कार्यक्रममा टेकेर सरकारले नीति तथा कार्यक्रम बनाएको छ । सरकारले अगामी आर्थिक वर्षको बजेट निर्माण पनि सोही अनुसार बनाउन तल्लिन छ ।’


बजेट आउन केही दिन मात्र बाँकी रहेको भएपनि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण केही अप्ठ्याराहरु रहेको उनको भनाइ छ ।
‘प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री रवि लामिछानेको विषयमा केही कुरा उठाएको छ । त्यो कुराले निरन्तर संसद अवरोध हुँदै आइरहेको छ । तर प्रधानमन्त्री दाहालले बजेट संसदको नियमित अभ्यासबाटै ल्याउन इच्छुक रहनुभएको छ । त्यसका लागि निरन्तर संवाद गरिरहनुभएको छ,’उनको भनाइ छ ।


आफूलाई सबैभन्दा ठुलो शक्ति भन्ने कांग्रेसले अरुका कुरा सुन्न नचाहने र राख्न नदिने अलोकतान्त्रिक काम गर्दै आएको मल्लको आरोप छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ जेष्ठ १०, बिहीबार १७:२६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ जेष्ठ १०, बिहीबार १७:२६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
  • २०८१ जेष्ठ १०, बिहीबार १७:२६ गते

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी...

TOP