२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान

विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान

काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् ।
खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदान समारोहमा विदेशी नागरिकसहित २ सय २३ जनाले रक्तदान गरेका हुन् ।
खुड्किलो नेपालको आयोजना श्री बौद्धनाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर रक्तसञ्चारको रहेको खुड्किलो नेपालकी अध्यक्ष तारा साम्पाङ राईले जानकारी दिइन ।


उनका अनुसार रगत अभावलाई पूर्ति गर्न खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थान तथा कारागारमा समेत खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ ।
साकाधावा तथा वुद्धजयन्तीको अवसरमा बौद्ध स्तुपामा नै आफूहरूले रक्तदान गर्न पाउँदा कुरा गर्नु भन्दा ठुलो धर्म आफूहरूलाई महसुस भएको रक्तदानमा सहभागीहरूले बताएका थिए ।
रक्तदानमा नेपाल, भारत, चीन, भुटान, ताइवान, युकेलगायत विभिन्न मुलुकका पर्यटकहरू सहभागी भएका थिए ।

रक्तदानमा ६० प्रतिशतले भन्दा बढिले पहिलो पटक रक्तदान गरेको खुड्किलो नेपालले जानकारी दिएको छ ।
खुड्किलो नेपालले रक्त अभाव तथा आँखा सम्बन्धी बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ जेष्ठ १०, बिहीबार १४:१५ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ जेष्ठ १०, बिहीबार १४:१५ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ जेष्ठ १०, बिहीबार १४:१५ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP