काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
टोखा नगरपालिका-७ खरिबोट डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-९ घर भएका ३६ वर्षीय सुरेश महराको कोठामा बिहीबार चोरी भएको हो ।
प्रहरीका अनुसार चोरले २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया