logo
  • ६ बैशाख २०८३, आईतवार | Sun, 19 Apr 2026
  • Dark Mode

          Subscribe

    ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट

    ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट

    काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ।

    युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । महिलाहरूले ठमेलमा पुरुषहरूलाई अनावश्यक बाटो छेकेर अश्लील कामको लागि मोलमोलाई गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    यौन क्रियाकलापमा संलग्न महिलाहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।

    अभद्र व्यवहार मुद्दामा कारबाही गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐन अन्तर्गत कारबाही गर्न अध्यागमन विभागमा पठाएको थियो । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

    डिपोर्ट गर्ने निर्णयपछि पक्राउ परेका सबै महिला आफ्नो देश फर्किएका छन् । उनीहरूलाई अध्यागमनको निर्णय अनुसार नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको एसपी भट्टराईले बताए ।

    गिरोहले ल्याएर उनीहरूलाई ठमेलमा राखेर यौन धन्दामा लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।



    sancharchautari sancharchautari    
  • ६ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP