logo
  • ९ बैशाख २०८३, बुधबार | Wed, 22 Apr 2026
  • Dark Mode

          Subscribe

    बलात्कार पीडित शोभा पाठकलाई चरित्र हत्या गरेकोआरोपमा महेश पक्राउ

    बलात्कार पीडित शोभा पाठकलाई चरित्र हत्या गरेकोआरोपमा महेश पक्राउ

    महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले बताए ।

    सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् । पक्राउ परेका आरोपीमाथि बुधबार म्याद लिएर विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने एसपी दिलीप गिरीले बताए । उनले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ ।’



    sancharchautari sancharchautari    
  • ९ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP