logo
  • १६ बैशाख २०८३, बुधबार | Wed, 29 Apr 2026
  • Dark Mode

          Subscribe

    दुई सातामै बढ्यो सार्वजनिक यातायात भाडा

    दुई सातामै बढ्यो सार्वजनिक यातायात भाडा

    १६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

    अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

    यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ।

    हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

     



    sancharchautari sancharchautari    
  • १६ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP