logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    टिकटकर तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै

    टिकटकर तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै

    टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।

    ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले आदेश जारी गर्नेछ ।

    अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।

    एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।



    sancharchautari sancharchautari    
  • २० जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP