logo
  • २६ जेष्ठ २०८३, मंगलवार | Tue, 09 Jun 2026
  • Dark Mode

          Subscribe

    १४ वटा मुद्दाका दोषी मिजार पक्राउ

    १४ वटा मुद्दाका दोषी मिजार पक्राउ

    काठमाडौँ, २६ जेठ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    ब्यूरोले आज एक विवरण सार्वजनकि गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो ।

    ब्यूरोका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले मिजार काठमाडौँ जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूर (१२) र चेक अनादर (२) गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका बताउनुभयो ।

    ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कागम भएको उहाँले बताउनुभयो । उनलाई अदालतले बिगो बमोजिन हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपुर्ति रकम रु १ लाख ७२ हजार ९४१ र ९० दिन कैद सजाय कायम गरेको थियो ।

    त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले यही जेठ २५ गते काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनलाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको पनि सहप्रवक्ता खड्काले बताउनुभयो ।



    sancharchautari sancharchautari    
  • २६ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP