logo
  • ९ असार २०८३, मंगलवार | Tue, 23 Jun 2026
  • Dark Mode

          Subscribe

    युवा संगीतकार युवराज गोकर्ण जंगलमा मृत भेटिए

    युवा संगीतकार युवराज गोकर्ण जंगलमा मृत भेटिए

    मकवानपुरको कैलाश-६, माख्लो पकनेका युवा सर्जक युवराज विश्वकर्मा काठमाडौंको गोकर्ण जंगलमा मृत भेटिएका छन् ।

    हिजो बिहानदेखि सम्पर्कविहीन भएका विश्वकर्मा गोकर्ण जंगलमा मृत भेटिएका हुन् । उनी परिवारसहित काठमाडौंमा बस्दै आएका थिए । उनी पछिल्लो समय गीतसंगीतमा भविष्य खोज्दै थिए । उनले खुशी हुनु, उडिगयो चरी, हुन्न माया फेल, मेरी माया, यो मन तिम्रै हो, बिहानीमा शीत र तोरी पहेँलै गीतमा संगीत भरेका थिए ।

    युवराज साथीहरूसँग मिलेर ‘बिहानीको शीत’ गीत रेकर्डपछि म्युजिक भिडिओ बनाउने तयारीमा थिए । ‘अस्ति मात्रै भिडिओ निर्माणबारे कुरा भएको थियो, हिजो यस्तो खबर आयो,’ सहकर्मी गायक हिमाल घिमिरेले भने, ‘एउटा क्षमतावान कलाकार गुमाएका छौँ ।’ उनको शव आज पशुपतिमा अन्त्येष्टि गरिने गायक घिमिरेले बताए ।



    sancharchautari sancharchautari    
  • ९ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP