logo
  • ६ फाल्गुन २०८२, बुधबार | Wed, 18 Feb 2026
  • Dark Mode

          Subscribe

    जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४  जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा ३ जना,  केएमसी असपताल र शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको छ ।विभिन्न अस्पतालमा १२३ जना विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ ।

    आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो । प्रदर्शनमा घाइतेको संख्या बढेपछि अस्पतालमा व्यवस्थापन गर्न मुस्किल भइरहेको छ ।

    थप विवरण आउनेक्रममा रहेको छ ।



    sancharchautari sancharchautari    
  • २३ भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP