फरक क्षमताका कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच कविता सङ्ग्रह सार्वजनिक भएको हो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेक प्रभासलगायतले उक्त कवितासङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
खनालले मधुसुदन घिमिरे दृष्टिविहीन भए पनि मनको आँखाले सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने गरेको बताए ।
१२५ थान छोटा कविताहरू सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्य पोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था समेटिएका कविता छन् ।
प्रतिक्रिया