logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025
  • Dark Mode

          Subscribe

    साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

    साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
    नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो ।
    यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।
    बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए ।
    कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।
    साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि सात–एक गोलले पराजित गरेको थियो ।
    कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको उल्लेख गरिन् ।
    इङलिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि भोलिको माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए ।
    फाइनलमा जारी साफमा सात गोल गरेकी रेखा पौडेल हुने छैनन् । उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन् ।
    अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई तीन–एकले हराएर च्याम्पियन बनेको थियो । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।



    sancharchautari sancharchautari    
  • १४ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP