logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    ‘वर्तमान सत्ता समीकरण मिसन-८४ सम्म’

    ‘वर्तमान सत्ता समीकरण मिसन-८४ सम्म’

    काठमाडाेँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन-८४ सम्म कायम राख्न चाहेको बताएका छन् ।

    एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो ।

    जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन-८४ मा गर्न चाहन्छौँ ।” उनले मिसन-८४ का लागि पार्टी बलियो बनाइ एमालेलाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने बताए ।  महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रुपमा रहनुपर्नेमा जोड दिए ।

    “पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ”, उनले भने । उनले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिए ।

    उनले महिलाको राजनीतिक शक्तिकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताए । महिलाको लागि मात्र नभई सिङ्गो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उनको धारणा छ । कार्यक्रममा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गरे ।

    हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी छन् ।



    sancharchautari sancharchautari    
  • १८ जेष्ठ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP