logo
  • ६ फाल्गुन २०८२, बुधबार | Wed, 18 Feb 2026
  • Dark Mode

          Subscribe

    ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

    ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन ।’

    उनले कांग्रेस विभाजन हुन्छ भन्ने सोच्दै नसोच्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न गाह्रो नभएको शर्माको भनाइ थियो ।

    ‘सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेस, पार्टीभित्रको विवाद सहजै मिलाउन सक्छ । मिलाउँछ,’ शर्माले भने ।



    sancharchautari sancharchautari    
  • १८ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP