logo
  • ११ बैशाख २०८३, शुक्रबार | Fri, 24 Apr 2026
  • Dark Mode

          Subscribe

    टिकटकमा ‘रोहन राजपुत’ बनेर ४० भन्दा बढी महिलालाई सम्पर्क, ठगीमा संलग्न युवक पक्राउ

    टिकटकमा ‘रोहन राजपुत’ बनेर ४० भन्दा बढी महिलालाई सम्पर्क, ठगीमा संलग्न युवक पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोगथुम गाउँपालिका–६ घर भई हाल काठमाडौँ बस्ने २७ वर्षीय सुशन थेगिम लिम्बु (सुजन लिम्बु) रहेका छन् ।

    प्रहरीका अनुसार लिम्बुले सामाजिक सञ्जाल टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली प्रोफाइल बनाएर नेपाली महिलाहरूसँग साथी बन्ने र प्रेमको नाटक गर्ने गरेका थिए ।

    उनले पीडित महिलालाई आफूले अमेरिकाबाट डलर र महँगा गरगहनाहरू उपहार स्वरूप ‘डीएचएल’ मार्फत पठाएको र उक्त सामान काठमाडौँ विमानस्थलमा आइपुगेको भन्दै भ्रममा पार्ने गरेका थिए ।

    सामान बुझ्नका लागि भन्सार शुल्क र ट्याक्स तिर्नुपर्ने भन्दै उनले ह्वाट्सएपमार्फत सम्पर्क गरी पीडितबाट २ लाख रुपैयाँ विभिन्न बैंक खातामा जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा लिम्बुले प्रयोग गर्ने ह्वाट्सएप नम्बरबाट ४० जनाभन्दा बढी नेपाली महिलाहरूलाई सम्पर्क गरी ठगी गर्ने प्रयास गरेको देखिएको छ ।

    प्रहरीले उनको साथबाट एक थान रेडमी मोबाइल र दुई थान सिमकार्ड समेत बरामद गरेको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।



    sancharchautari sancharchautari    
  • ११ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP