logo
  • १७ बैशाख २०८३, बिहीबार | Thu, 30 Apr 2026
  • Dark Mode

          Subscribe

    बलात्कार र हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ

    बलात्कार र हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ

    बलात्कार र हत्या मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका -९ घर भएर नवलपरासी पूर्व बस्दै आएका ३१ वर्षीय सञ्जय बिक छन् ।

    २०८० मंसिर ५ मा तनहुँ घर भएर पोखरा बस्ने ३९ वर्षीया सुकु बिकलाई पोखराको होटलमा लगेर प्रतिवादीले बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सो मुद्दामा कास्की जिल्ला अदालतले उनलाई जन्मकैद हुने फैसला गरेको थियो । कैद भुक्तानको लागी कारागार बसेका उनी भदौ २४ मा जेनजी आन्दोलन हुँदा भागेका थिए ।

    मंगलबार उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए।

    सञ्जय बिक २०८२ चैत २२ मा नवलपरासी पूर्व स्थित देवचुली नगरपालिका–१६ स्थित टाँडीकोटको लुटपाटमा पनि संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    टाँडीकोटमा ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई कुटपिट गरेर आरोपीहरूले गहना र धनमाल लुटेका थिए।

    आक्रमणकारीको कुटपिटबाट जिवनरामको मृत्यु भएको थियो। सो घटनामा संलग्नताको आशङ्कामा उनलाई थप अनुसन्धानको लागी नवलपरासी पूर्वमा पठाइएको एसपी कार्कीले बताए।



    sancharchautari sancharchautari    
  • १७ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP