logo
  • १० जेष्ठ २०८३, आईतवार | Sun, 24 May 2026
  • Dark Mode

          Subscribe

    कञ्चनपुरमा रेस्टुरेन्ट सञ्चालकमाथि आक्रमण

    कञ्चनपुरमा रेस्टुरेन्ट सञ्चालकमाथि आक्रमण

    कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ स्थित एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ । शनिबार राति ९ बजेतिर युवाहरूले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालकलाई आक्रमण गरेका हुन् ।

    रेष्टुरेण्टभित्र प्रवेश गरेका युवाहरूको आक्रमणबाट रेस्टुरेन्ट सञ्चालक गोविन्द चन्द घाइते भएका छन् । सुरु दुई जना युवाहरू प्रवेश गरेर टेबलमा बसिरहेका चन्दलाई आक्रमण सुरु गरेका थिए ।

    पछि अचानक थप युवाहरू प्रवेश गरेर कुटपिट गरेको सीसीभिटी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनामा संलग्नहरुकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले  बताए । उनले भने- ‘गएरातिको घटनाको हामी त्यसबारे अनुसन्धान गर्दैछौँ ।’



    sancharchautari sancharchautari    
  • १० जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP