logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • Dark Mode

          Subscribe

    दाजुको हत्या गरी जन्मकैद तोकिएका फरार प्रतिवादी ९ महिनापछि पुनः पक्राउ

    दाजुको हत्या गरी जन्मकैद तोकिएका फरार प्रतिवादी ९ महिनापछि पुनः पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ सुन्दरबस्ती बस्दै आएका ४५ वर्षीय मानबहादुर बम्जन रहेका छन्।

    उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले गत जेठ १४ गते दिउँसो करिब साढे १ बजेको समयमा भक्तपुरको सूर्यविनायक-६ सुन्दरबस्तीबाट नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका बम्जनलाई आवश्यक कानुनी कारबाही र बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ।

    यसअघि बम्जनले २०७७ माघ २२ गते दिउँसो सिन्धुलीको मरिण गाउँपालिका-३ मथौलीस्थित आफ्नै घरमा दाजु चेतबहादुर बम्जनलाई बन्चरो र खुकुरीले टाउको तथा घाँटीमा प्रहार गरी बीभत्स हत्या गरेका थिए। उक्त घटनामा सिन्धुली जिल्ला अदालतले मिति २०८० असोज १७ गते बम्जनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

    अदालतको फैसलापछि कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो। तर जेनजी आन्दोलन र अशान्तिको फाइदा उठाउँदै उनी कारागारबाटै फरार हुन सफल भएका थिए। फरार भएपछि हुलिया परिवर्तन गरी भक्तपुरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी पुनः कारागार चलान गरेको हो।



    sancharchautari sancharchautari    
  • १८ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP