logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग

    नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग

    नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ।

    आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो।

    यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरे। यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो।

    तर, पछिल्लो समय बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ।

    सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रको सवारी आवागमन निकै सहज हुने र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।



    sancharchautari sancharchautari    
  • २० जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP