काठमाडौँ,२६ जेठ: दमककी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा सफल अनुसन्धान गरी आरोपीलाई पक्राउ गर्न सफल भएको भन्दै इलाका प्रहरी कार्यालय दमकका डिएसपी हरि बस्नेतसहितको प्रहरी टोलीलाई सम्मान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले उक्त हत्या प्रकरणमा प्रभावकारी अनुसन्धान गर्दै मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको भन्दै प्रहरी टोलीलाई पुरस्कृत तथा सम्मानित गर्नुभएको हो।
दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा भनेर पनि चिनिने) को हत्या आरोपमा प्रहरीले भारतीय नागरिक रमेशकुमार पण्डितलाई पक्राउ गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया