logo
  • ३० आश्विन २०८३, शुक्रबार | Fri, 16 Oct 2026
  • Dark Mode

          Subscribe

    पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

    पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

    काठमाडौँ, १२ असोज :  गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ । नारायणी पुलको गैँडाकोट तर्फको छेउमा अड्किएको उक्त क्रुटसिप पुलको नजिकै नदी किनारमा रुखमा बाँधेर राखिएकोे थियो ।

    सडक डिभिजन कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरे अनुसार क्रुजसिप पुलको गैँडाकोटतर्फको छेउको पिल्लरमा ठोकिएको अवस्थामा छ । नदीमा बाढी आइरहेकाले पुललाई जोखिम हुने भन्दै आइतबार साँझबाटनै क्रुजसिप हटाउने प्रक्रिया अघि बढाइएको थियो ।

    त्यसका लागि तीन वटा क्रेन झिकाइएको छ । क्रुजसिप करिब ६० टन भार क्षमताको भएकाले सिङ्गै तान्न नसकिने भएकाले काटेर निकालिने उहाँले जानकारी दिनुभयो । यसअघि क्रुजसिप नारायणी नदीमा पर्यटकलाई जलयात्रा प्रयोग गरिँदै आएको थियो ।

    क्रुज पुलमा अड्किएर पानी रोकिएपछि जोखिम हुने भन्दै प्रशासनले आइतबार साँझदेखि पुलमा ठूला भारबहान सवारी सञ्चालनमा रोक लगाएको छ ।



    sancharchautari sancharchautari    
  • १२ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP