logo
  • ३० आश्विन २०८३, शुक्रबार | Fri, 16 Oct 2026
  • Dark Mode

          Subscribe

    विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

    विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

    काठमाडौँ, १२ असोजः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । पक्राउ परेका शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका हुन् ।

    प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।

    पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।



    sancharchautari sancharchautari    
  • १२ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP