logo
  • २८ आश्विन २०८३, बुधबार | Wed, 14 Oct 2026
  • Dark Mode

          Subscribe

    आज ३ बजे मन्त्रिपरिषद् बैठक

    आज ३ बजे मन्त्रिपरिषद् बैठक

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

    बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

    सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समितिले प्रशासनतर्फबाट आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ ।

    यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ सचिव बढुका लागि सिफारिस भएका छन् । प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।



    sancharchautari sancharchautari    
  • १३ आश्विन २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP