logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    माओवादी केन्द्रले संसद् अवरोध कायमै राख्ने

    माओवादी केन्द्रले संसद् अवरोध कायमै राख्ने

    काठमाडौँ ।

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको  छ ।

    आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ । यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ । त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो । यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ ।’

    यता, सरकारका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रूलिङ विरुद्धमा गएर माओवादीले संसद् अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथि र निष्ठामाथि नै  प्रश्न उठ्ने दाबी गरे ।

    उनले सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने भन्दै प्रश्न गरे ।

    ‘निर्णय गर्ने अन्तिम अधिकार सम्माननीय सभामुखलाई छ । सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादी संसदीय दलले त्यो निर्णयलाई नसच्याएसम्म आन्दोलन गर्ने,हाउस चल्न नदिने जुन कुरा गर्नुभयो यो बेठिक छ । यसले माओवादीको संसदीय प्रणालीमाथी नै उसको निष्ठामाथि नै  प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ । सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने ?’,बर्तौलाको भनाइ थियो ।



    sancharchautari sancharchautari    
  • ३० भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP