logo
  • २६ माघ २०८२, सोमबार | Mon, 09 Feb 2026
  • Dark Mode

          Subscribe

    लाजिम्पाट अभिलेख र ओणम पर्वको ऐतिहासिक सम्बन्ध

    लाजिम्पाट अभिलेख र ओणम पर्वको ऐतिहासिक सम्बन्ध

    काठमाडैं। संचार चौतारी। काठमाडौंको लाजिम्पाटमा भेटिएको एक पुरानो अभिलेखले नेपाल र दक्षिण भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ। गुप्त–ब्राह्मी लिपिमा लेखिएको उक्त अभिलेखमा “viṣṇūvikrāntamūrtī” अर्थात् विष्णुको त्रिविक्रम रूपको उल्लेख पाइन्छ।

    त्रिविक्रम भनेको विष्णुको वामन अवतार हो, जसले तीन पाइला चालेर ब्रह्माण्ड नापेका थिए। यही कथा दक्षिण भारतको केरलामा मनाइने प्रसिद्ध ओणम पर्वसँग जोडिन्छ। ओणम महाबली नामक असुरराजा र विष्णुको वामन अवतारबीचको भेट सम्झनामा मनाइन्छ।

    पौराणिक कथाअनुसार, महाबली जनप्रीय शासक भए पनि देवताहरू उनको शक्ति देखेर असन्तुष्ट थिए। विष्णुले वामन रूप लिएर तीन पाइला जमिन मागे र विराट रूप धारण गरी पृथ्वी, स्वर्ग र महाबलीकै टाउका ढाकिदिए। महाबली पातालमा पुगे तर वर्षमा एकपटक प्रजालाई भेट्न अनुमति पाए।

    यही सम्झनामा आज पनि ओणम पर्व धुमधामले मनाइन्छ। लाजिम्पाटको अभिलेख चौथौँ–पाँचौँ शताब्दीको मानिन्छ। यसले नेपालमा त्यसैबेला विष्णुको त्रिविक्रम अवतारको पूजा प्रचलित भएको देखाउँछ। यसरी नेपाल र दक्षिण भारतबीचको धार्मिक–सांस्कृतिक सम्पर्कलाई प्रमाणित गर्छ। ओणमलाई प्रायः केरलाकै पर्व भनेर बुझिन्छ, तर लाजिम्पाटको अभिलेखले यसको कथा सम्पूर्ण उपमहाद्वीपमा साझा रहेको पुष्टि गर्छ। नेपाल र दक्षिण भारतबीचको पुरानो सम्बन्धलाई यसले अझ प्रस्ट पारेको छ।



    sancharchautari sancharchautari    
  • १७ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP