logo
  • २७ चैत्र २०८२, शुक्रबार | Fri, 10 Apr 2026
  • Dark Mode

          Subscribe

    ३६ महिनादेखि पटकपटक घाइते हिरासतमा रहेका सहकारी बचतकर्ता महासङ्घलेबचत फिर्ताको माग गरिरहेका छन् न्याय खै

    ३६ महिनादेखि पटकपटक घाइते हिरासतमा रहेका सहकारी बचतकर्ता महासङ्घलेबचत फिर्ताको माग गरिरहेका छन् न्याय खै

    काठमाडौं । जेन-जी आन्दोलनमा सहिद–घाइतेहरूको व्यवस्थापनको लागी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को तर्फबाट जारी गरिएको मागपत्र सहकारी बचतकर्ता पीडितको प्रतिनिधित्व हुनेगरी माग गर्दै आन्दोलनको घोषणा गर्दछौं। विगत ३६ महिनादेखी हाम्रो महासंघ सहकारी पिडीत हरूको आवाज उठाउदै आइरहेको कुरा सबैमा विदितै छ ।

    तर राज्यको तर्फबाट पिडितहरूको घाउमा मलहम लगाउनु त कता हो कता उल्टै पीडीतको घाउमा नून चुक छर्कने कार्य भएबाट हामी पिडीतहरू पनि बाध्य भएर जेन-जी को सुनामीमा भाग लिएको र हामी पिडीतको तर्फ पनि ज्यानको आहुती र कैयौ घाइते भइ हाल उपचाररत अवस्थामा रहेका छन ।

    यसै सन्दर्भमा जनताको स्वतन्त्रता, समानता र न्यायको महान् आन्दोलनमा सर्वोच्च बलिदान दिनुभएका सहिद जेनजीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइते तथा पीडित परिवारलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सरकारसंग देहाय बमोजिम स्पष्ट मागहरू पेश गरिएको छः

    १. सहिदको सालिक निर्माणः • मृतक सम्पूर्ण जेनजी सहिदहरूको सालिक तिनकुने सहिद पार्कमा तत्काल निर्माण गरियोस्। • हरेक राष्ट्रपति तथा प्रधानमन्त्रीले शपथ ग्रहण पश्चात् उक्त सालिकमा अनिवार्य रूपमा माल्यार्पणको ब्यवस्था मिलाइयोस्।

    २. मृतक परिवारको जीवन–यापन र व्यवस्थापन • मृतक सहिदका परिवारलाई सम्मान स्वरूप स्वास्थ्य शिक्षा आवास लगायत जीवनयापनका लागि आवस्यक सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सरकारले लिनुपर्छ।

    ३. घाइतेहरूको उपचार र पुनःस्थापनाः • घाइते परिवारहरूको अवस्था अनुसार उपचारदेखि पुनःस्थापना र व्यवस्थापनसम्मको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ।

    ४. राष्ट्रिय सम्मानको व्यवस्थाः • सम्पूर्ण घाइते जेनजीहरूलाई राष्ट्रिय सम्मान गरियोस्।

    ५. राजनीतिक प्रतिनिधित्वः • मृतक तथा घाइते परिवार र सहकारी बचतकर्ता पीडित महासङ्घको यथोचित प्रतिनिधित्व हुने गरी संसदमा सिट संख्या सुनिश्चित गरियोस्।

    ६. सहिद पार्क घोषणा र अन्त्येष्टिः • मृतक सहिदहरूको शवलाई रिङरोड परिक्रमा गराईयोस ।. • तिनकुनेलाइ “सहिद जेनजी पार्क” घोषणा गरियोस्। • सालिक निर्माण स्थलको शिलान्यास गरेर मात्र सहिदहरूको अन्त्येष्टिको ब्यबस्था मिलाइयोस ।

    स्थान : महाराजगंज बाँसबाडीबाट बालवाटर प्रधानमन्त्री निवास सम्म समय: २०८२/२९गते आज दिउँसो ठिक १ बजे



    sancharchautari sancharchautari    
  • २९ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP