logo
  • २६ कार्तिक २०८२, बुधबार | Wed, 12 Nov 2025
  • Dark Mode

          Subscribe

    काठमाडौँमा लुटेरा समूहबाट महिलालाई खुकुरी प्रहार

    काठमाडौँमा लुटेरा समूहबाट महिलालाई खुकुरी प्रहार

    काठमाडौं|  काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बिहीबार गोकर्णेश्वर नगरपालिका ७ शिवचोकमा लुटेराको ३ जनाको समूहले स्थानीय महिलालाई खुकरी प्रहार गरेर लुटपाट गरेको वडाध्यक्ष केशव गुरुङले बताए।

    खुकुरी प्रहारबाट घाइते भएकी पन्तको उपचार शंकरापुर अस्पताल नारायणटारमा भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा तामाङले मदिरा सेवनपछि कोठामा प्रवेश गरी आक्रमण गरेको खुलेको छ ।काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

    शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिएकी महिलाको अवस्था गम्भीर छ। स्थानीय प्रहरीचौकीमा जेनजीले आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेपछि प्रहरी बस्न सकेको छैन।  उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।



    sancharchautari sancharchautari    
  • २ आश्विन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP