logo
  • २६ माघ २०८२, सोमबार | Mon, 09 Feb 2026
  • Dark Mode

          Subscribe

    नारायणगढ–मुग्लिन सडक सञ्चालन

    नारायणगढ–मुग्लिन सडक सञ्चालन

    चितवन।तुइन खोलामा पहिरो झर्न रोकिएकाले मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।अविरल वर्षातका कारण शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो।

    ‘पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ,’ सडक सुपरभाइजर ईश्वर क्षेत्रीले भनेका छन्।



    sancharchautari sancharchautari    
  • १४ कार्तिक २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP