logo
  • १३ फाल्गुन २०८२, बुधबार | Wed, 25 Feb 2026
  • Dark Mode

          Subscribe

    भारतमा बस दुर्घटना हुदाँ नौ जनाको मृत्यु, २९ घाइते

    भारतमा बस दुर्घटना हुदाँ नौ जनाको मृत्यु, २९ घाइते

    दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै दुर्घटना भएको जनाएको छ ।

    प्रहरीका अनुसार बसमा ३५ जना यात्रु, दुई जना चालक र एक जना क्लीनर सवार थिए ।

    दुर्घटनाको लगत्तै, मारेदुमिली र चिन्टुर प्रहरी स्टेसनका टोलीहरू घटनास्थलमा पुगेर स्थानीयहरूसँग मिलेर उद्धार कार्य सुरु गरेको जनाइएको छ ।

    पीडितहरू अरकु उपत्यकाबाट यात्रा गर्ने स्थानीय पर्यटकका रूपमा पहिचान गरिएको छ भने उनीहरु भद्राचलम मन्दिरमा दर्शन गर्नको लागि हिडिरहेका थिए ।

    प्रहरीले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

    प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले बस जङ्गलले घेरिएको बाटोको तीव्र मोडमा हिँड्दा सडकबाट पल्टिएर ठाडो ढलानबाट खस्दा दुर्घटना भएको खुलासा गरेको छ ।

    बाक्लो कुहिरोका कारण बस चालकले सडकमा नदेखेको र खोलामा झरेको हुन सक्ने एक प्रहरी अधिकारीले बताउनु भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नु भएको छ ।



    sancharchautari sancharchautari    
  • २६ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP