logo
  • ६ फाल्गुन २०८२, बुधबार | Wed, 18 Feb 2026
  • Dark Mode

          Subscribe

    साइबर हमलामार्फत ‘अन्तिम आन्दोलन’ घोषणा, पौष ९ देखि संवैधानिक हिन्दू अधिराज्यसहित संरचनात्मक परिवर्तनको माग

    साइबर हमलामार्फत ‘अन्तिम आन्दोलन’ घोषणा, पौष ९ देखि संवैधानिक हिन्दू अधिराज्यसहित संरचनात्मक परिवर्तनको माग

    काठमाडौं : विभिन्न सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा साइबर हमलाको माध्यमबाट संवैधानिक हिन्दू अधिराज्य स्थापना, प्रदेश संरचना खारेज तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागसहित पौष ९ गतेदेखि ‘अन्तिम आन्दोलन’ सुरु गर्ने घोषणा गरिएको छ।

    साइबर आक्रमणमार्फत सार्वजनिक गरिएको पोस्टर तथा सूचनामा उक्त आन्दोलनलाई “नेपाललाई फेरि महान बनाउनका लागि अन्तिम आन्दोलन” नाम दिइएको छ। आन्दोलनमा सहभागी हुन नागरिकहरूलाई राष्ट्रिय झण्डा लिएर परिवर्तन, एकता र राष्ट्रिय गौरवका लागि एकजुट हुन आह्वान गरिएको छ।

    घोषणाअनुसार आन्दोलनको प्रारम्भिक केन्द्र काठमाडौंको बालुवाटार क्षेत्र रहनेछ, जहाँ अनिश्चित समयसम्म प्रदर्शन हुने उल्लेख गरिएको छ। पोस्टरमा उल्लेख गरिएका मुख्य एजेन्डामा हिन्दू संवैधानिक राजसंस्था, प्रदेश संरचनाको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली रहेका छन्।

    यसैबीच, सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा भएको साइबर आक्रमणलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायहरूले प्राविधिक अनुसन्धान सुरु गरेका छन्। साइबर सुरक्षासँग सम्बन्धित निकायहरूले आक्रमणको स्रोत र उद्देश्यबारे अध्ययन गरिरहेको जनाइएको छ।

    सरकार तथा सुरक्षा निकायहरूले हालसम्म आन्दोलन घोषणाबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर, सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको र सर्वसाधारणलाई आधिकारिक सूचनामाथि मात्र भरोसा गर्न आग्रह गरिएको छ।



    sancharchautari sancharchautari    
  • २ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP