काठमाडौं, साउन १६ । थाइल्यान्डको पटाया सिटीमा आयोजित द ९औँ हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप २०२६ मा नेपालकी खेलाडी तथा टोखा नगरकी छोरी खुशी जोशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि दुई पदक जित्न सफल भएकी छन्।
प्रतियोगिताको हिजो सम्पन्न एकल पुम्से (Individual Poomsae) विधामा खुशीले रजत पदक जितेकी थिइन् भने आज बिहान सम्पन्न ग्यरोगी (फाइटिङ) विधामा उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक आफ्नो नाममा पारिन्।
खुशीको यस सफलताले टोखा नगरको मात्र होइन, समग्र नेपालकै गौरव अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएको छ। उनको उपलब्धिलाई खेलकुद क्षेत्रका साथै स्थानीयवासीले ऐतिहासिक सफलताका रूपमा लिएका छन्।
खुशी जोशीलाई यस उल्लेखनीय उपलब्धिका लागि हार्दिक बधाई तथा आगामी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।
प्रतिक्रिया