२०८१ बैशाख ३०
May 12, 2024, Sunday

आफ्नै श्रीमतीले ६८ लाख डुबाएर ९ वर्षको छोरा लिएर फरार भएपछि…

आफ्नै श्रीमतीले ६८ लाख डुबाएर ९ वर्षको छोरा लिएर फरार भएपछि…

काठमाडौं । आफ्नै श्रीमतीले ६८ लाख पैसा डुबाएर फरार भएपछि उनका श्रीमान गुनासो गर्दै हाम्रो मिडियामा आएका छन् ।

मकवानपुर जिल्ला बकैंया गाउँपालिका वडा नं १० घर भएका हाल ललितपुर बस्दै आएका राज कुमार लुकी श्रीमती मनीषा लुले लाखैको कारोबार हिना मिना गरेर ९ वर्षको छोरा सहित फरार भएपछि राज कुमार गुनासो गर्दै हाम्रो मिडियामा आएका छन् ।

उनकी श्रीमती मनीषाले उनीसँग लुकी छिपी विभिन्न सहकारी, फाइनान्स, समाज, समूह र व्यक्तिहरूसँग पैसा ऋण लिएर आफ्नो ९ वर्षीय छोरा लिएर फरार भएको राज कुमारले बताए । राज कुमार र मनीषाको विवाह भएको १४ वर्ष भएको थियो । राज कुमार ट्रिप्पर चालकको काम गर्थे ।

उनकी श्रीमती राजनीतिमा लागेको र पैसाको कारोबार गरी रहने कुरा राज कुमारले बताए । पैसाको कुरा गर्दा उनीहरू बिच सधैँ नै झगडा हुने गरेको उनले सुनाए । विभिन्न संस्था र व्यक्तिहरूबाट उनकी श्रीमतीले ६८ लाख ऋण लिएर फरार भएपछि उनी अहिले आफ्नै श्रीमतीको खोजीमा छन् ।

उनकी श्रीमतीले व्यवसाय प्रयोजन भन्दै संस्थाहरूबाट पैसा लिएको खुल्न आएको छ । तर व्यवसाय त परको कुरा घर भाड तिर्न भनेर दिएको पैसा पनि श्रीमतीले नतिरे पछि उनले आफ्नो बाइक बेचेर तिरेको कुरा सुनाए ।

कार्यक्रम जन गुनासोमा पत्रकार कुशलव केसीसँग कुरा गर्दै उनले भने ,“फाइनान्स र सहकारीमा व्यवसाय गर्ने भन्दै पैसा लिएको रहेछ । अहिले किस्ता भन्दै आउँछ मसँग त केही पनि छैन सबै डुबाएर हिडि । घर भाडा १ लाख २० हजार भएको रहेछ मसँग बाइक थियो त्यही बेचेर तिरे । मैले सबै जोड्दा ६८ लाख ऋण रहेछ मैले कसरी तिर्नु त्यत्रो पैसा । मैले कमाएको सबै पैसा उसैलाई दिन्थिए । मसँग फुटेको कौडी पनि छैन ।” पुरा भिडियो हेर्नुहोस

Related News

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७९ भाद्र ६, सोमबार ११:४६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०७९ भाद्र ६, सोमबार ११:४६ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०७९ भाद्र ६, सोमबार ११:४६ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP