२०८१ जेष्ठ ६
May 19, 2024, Sunday

मलेसिया जाने श्रमिकसँग अनधिकृत रकम असुल्ने मेडिकल व्यवसायी चार वर्षपछि पक्राउ

मलेसिया जाने श्रमिकसँग अनधिकृत रकम असुल्ने मेडिकल व्यवसायी चार वर्षपछि पक्राउ

मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।

निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग कानुनविपरित शुल्क उठाएको भन्दै जिल्ला अदालत ललितपुरमा २०७५ जेठ २४ गते मुद्धा परेको थियो।


उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सोही मुद्धा परेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतबाट १५ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको परिसरका एसपी सिद्धिविक्रम साहले जानकारी दिए।

२०७५ सालमा तत्कालीन श्रम, रोजगार तथा सामािजक सुरक्षा मन्त्री गोकर्ण विष्टले व्यवसायीहरूले मलेसिया जाने कामदारमाथि सिण्डिकेट लादेर अतिरिक्त रकम असुलेको भन्दै कारबाही अभियान चलाएका थिए।


उनले मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै भिएलएन, माइग्राम, आइएससी, ओएसी (वनस्टेप सेन्टर र बायोमेट्रिक खारेजीका लागि पराराष्ट्रमार्फत कूटनीतिक पहल गर्ने निर्णय सुनाएका थिए। त्यतिबेला ४४ व्यवसायीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका कतिपय व्यवसायीले सफाइ पाइसकेका छन्। कतिपयको मुद्दा अदालतमा विचाराधीन छ। कतिपय भने अझै फरारको सूचीमा छन्।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष समेत रहेका केसी पनि फरार सूचीमा थिए। उनी विरुद्धको मुद्धा जिल्ला अदालत ललितपुरमा लामो समयदेखि मुलतविमा थियो।

Related News

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
  • २०७९ जेष्ठ २४, मंगलवार १२:०९ गते

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी...

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
  • २०७९ जेष्ठ २४, मंगलवार १२:०९ गते

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।प्रधानमन्त्री दाहालले शुक्रबार...

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
  • २०७९ जेष्ठ २४, मंगलवार १२:०९ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २...

TOP