२०८१ बैशाख १७
April 29, 2024, Monday

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्।

उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो।

संसदका महासचिवले चोलेन्द्रलाई नियमित काममा फर्किन दिने गरी पत्र पठाएपनि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यसहित ९ जनाले दायर गरेको रिटमा सर्वोच्चले संसद सचिवालयलाई कारण देखाउ आदेश जारी गरेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो।

Related News

मधेसमा शिक्षक दरबन्दीका लागि आजपाद्धारा आन्दोलनको घोषणा
मधेसमा शिक्षक दरबन्दीका लागि आजपाद्धारा आन्दोलनको घोषणा
  • २०७९ मंसिर २३, शुक्रबार १६:५२ गते

रौतहट । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गराउनका लागि आन्दोलनका...

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ
  • २०७९ मंसिर २३, शुक्रबार १६:५२ गते

काठमाडौं । राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का...

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
  • २०७९ मंसिर २३, शुक्रबार १६:५२ गते

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन् ।गत बिहीबार सिंहदरबारमा...

TOP