२०८१ बैशाख १७
April 29, 2024, Monday

काठमाडौं भित्र्याउँदै गरेका १३ लाख रुपैयाँ बराबरका पटाकासहित मानिस पक्राउ

काठमाडौं भित्र्याउँदै गरेका १३ लाख रुपैयाँ बराबरका पटाकासहित मानिस पक्राउ

काठमाडौँ,कार्तिक १२
चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका ४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका ६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको छ ।

Related News

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ
  • २०७७ कार्तिक १२, बुधबार १३:०१ गते

काठमाडौं । राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का...

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’
  • २०७७ कार्तिक १२, बुधबार १३:०१ गते

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन् ।गत बिहीबार सिंहदरबारमा...

लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा
लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा
  • २०७७ कार्तिक १२, बुधबार १३:०१ गते

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा...

TOP