२०८१ जेष्ठ १
May 14, 2024, Tuesday

समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस १५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ। 

आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो। 

उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनुभयो। उहाँले देशको विशेषता र मौलिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यसको ऐतिहासिक एवम् वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व छन्। तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्दछ। विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, नीति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गर्न अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र हाम्रो राष्ट्रिय पहिचान पनि हो। यही विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ। नेपाली समाजले विकास गरेका आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ। यस्ता मौलिक चाडपर्वले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। तसर्थ देशको विशेषता र मौलिकताको आत्मसातिकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभयो। उहाँले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरूको संगमस्थल भएको उल्लेख गर्नुभयो। उहाँले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र सबै संस्कृतिको समन्वयता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो।

प्रधानमन्त्री दाहालले टुँडिखेलमा तमु ल्होसार मनाएकालाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत गर्नुभयो। उहाँले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  gorkhapatra

gorjk

Related News

नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
  • २०८० पुष १५, आईतवार १६:४२ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् ।आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको...

ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना
ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना
  • २०८० पुष १५, आईतवार १६:४२ गते

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको...

काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
  • २०८० पुष १५, आईतवार १६:४२ गते

काठमाण्डौ – काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका...

TOP