काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्टमान्यता रहेको बताएकाछन् ।
आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्रीओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्मइन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युलफ्रि) को कार्यक्रममा मुख्यवक्ताका रूपमा सम्बोधनका क्रममा यस्तो बताएकाहुन् ।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनकालागिआर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड
दिँदै भने,‘हाम्रोभविष्य सुन्दर छ, किन कि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’
प्रतिक्रिया