logo
  • १९ माघ २०८२, सोमबार | Mon, 02 Feb 2026
  • Dark Mode

          Subscribe

    गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ सार्वजनिक

    गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ सार्वजनिक

    काठमाडौं ।

    गीता पाण्डेले स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ।

    वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन्। वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए ।

    स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायण गोपाल, तारा देवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायिका गीता पाण्डे लगायतसँग काम गरेका सफल गीतकार, रचनाकार र एरेन्जर पनि हुन् ।

    ‘चाहेको बाटो’ गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई पूजा ठकुरीले निर्देशन साथै एडीट साङ्ग्रिला क्रिएसनले गरेका छन् । गायिका गीता पाण्डे र दिनेश कडायतले गीतमा अभिनय गरेका छन् ।



    sancharchautari sancharchautari    
  • ३० भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP