logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    होस्टेल ३’को छायाङ्कन सुरु

    होस्टेल ३’को छायाङ्कन सुरु

    काठमाडौं।

    नेपालीचलचित्र’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ।
    आइतबार बिहानललितपुरको कार्यविनायकमन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो ।
    नेपालीमुहूर्त शटमाचलचित्रकाप्रमुखकलाकार पारस बम र सिम्रनपन्तले छोटो अभिनयगर्दै सुरुवात गरेका छन्। चलचित्रको छायाङ्कनकाठमाडौंको बोडेमा सुरु भएको छ। यहाँपहिलो चरणको छायाङ्कन २५ दिनसम्मचल्ने र तिहारपछिअर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रकानिर्देशक सशानकँडेलले बताए।

    ’होस्टेल’ शृङ्खलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ’होस्टेल ३’ मा ’कुलब्वाय’अर्थात् पारस बम, रिहानगिरी, आशिषघिमिरे, पदमतामाङ, सिम्रनपन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतकाकलाकारहरूको अभिनय देख्न पाइनेछ। अभिनेताआर्यन सिग्देलले चलचित्रमाहोस्टेलको वार्डेनको भूमिकानिभाउनेछन् भने अभिनेत्री परीक्षालिम्बुले विशेष भूमिकानिभाउनेछिन्। आइतबार सम्पन्नमुहूर्तमा आर्यन सिग्देल र परीक्षालिम्बु बाहेक चलचित्रकाअन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।

    ’होस्टेल’ शृङ्खलाले नयाँकलाकारहरूलाई नेपालीसिने उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ’होस्टेल’चलचित्रबाटअनमोल केसी, सलोन बस्नेत, र प्रकृतिश्रेष्ठले डेब्यु गरेका थिएभने ’होस्टेल रिटर्न्स’ले स्वस्तिमाखड्का, सुशीलश्रेष्ठ, नजिर हुसेन, र सुशीलसिटौलालाई परिचित गराएको थियो।

    चलचित्र’होस्टेल ३’ आगामीफागुन १६ गते विश्वभर एकसाथ रिलिजहुने तयारीमा रहेको छ। चलचित्रको जापान, मध्यपूर्व, र मलेसियाकालागिवितरणअधिकार पहिले नै बिक्रीभइसकेको छ।

    चलचित्र’होस्टेल ३’ को स्क्रिप्टमाधवशर्माले लेखेका हुन् भने कथानिर्देशक सशानकँडेलकै हो। चलचित्रलाई सम्मानइन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माणगर्दैछ। चलचित्रकाडिओपीअर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्धथापा र मनोज खत्रीहुन्। मुख्य सहायकनिर्देशक सुदिपकुँवर छन्। चलचित्रको प्रोडक्सनडिजाइन यम प्रसाद ओलीले गरेका छन्। कार्यकारी निर्माताशङ्कर कोइराला, निर्माताकर्ण कार्की र गोविन्दअधिकारी हुन्। सह–निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइनप्रोड्युसर भेषराजगौतम हुन्।



    sancharchautari sancharchautari    
  • ३० भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP