logo
  • २४ जेष्ठ २०८३, आईतवार | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

    श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

    ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

    विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको छ । शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

    आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

    पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।



    sancharchautari sancharchautari    
  • २३ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP