logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग, प्रहरी चौकी पुगेर भेटे मृतककी आमा र दिदी

    ‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग, प्रहरी चौकी पुगेर भेटे मृतककी आमा र दिदी

    २३ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

    काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

    भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।

    यसैबीच शनिबार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका छन् । उनले प्रहरीले सत्यतथ्य छानबिन गर्नका लागि आग्रह पनि गरे ।

    गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।मृतक भुजेल गोरखा निवासी हुन् । गुरुङ पनि गोरखाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

    पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

    शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

     



    sancharchautari sancharchautari    
  • २३ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP