काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् ।
हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि धेरै जनाको मृत्यु भएको थियो ।
काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् ।
आज सोही आन्दोलनको निरन्तरतामा युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।
पुरानो बानेश्वरको क्षेत्रमा सबै युवाहरुले बिहानैदेखि रोडमा टायर, टेबल र कागजहरु जलाइरहेका छन् ।
प्रतिक्रिया