logo
  • ९ जेष्ठ २०८३, शनिबार | Sat, 23 May 2026
  • Dark Mode

          Subscribe

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)द्वारा अध्यक्ष कुशलभ केसीद्वारा प्रेस विज्ञपति

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)द्वारा अध्यक्ष  कुशलभ केसीद्वारा  प्रेस विज्ञपति

    प्रेस विज्ञप्ति
    देशभरिका लाखौं जनताले दुःख–कष्ट गरी कमाएको र भविष्यको उज्ज्वल सपना देखेर सहकारी संस्थामा सुरक्षित रूपमा जम्मा गरेको रकम आज संकटमा परेको छ। सरकारले कानुनी व्यवस्था, नियमन र अनुगमनमा देखाएको कमजोरीका कारण ३६८ सहकारी संस्थाले निक्षेपकर्ताको बचत रकम अपचलन गरी हजारौं बचतकर्तालाई घर न घाटको अवस्थामा पुर्‍याएका छन्।
    विगत धेरै वर्षदेखि सरकार, सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूलाई निरन्तर गुहार गर्दा पनि कतैबाट उचित सम्बोधन भएको छैन। बरु उल्टै, उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक नेतृत्व र सहकारी सञ्चालकहरूकै मिलोमतोमा खरबौं रुपैयाँको अपचलन भएको तथ्य उजागर भइसकेको छ।
    त्यसैले हामी निम्न मागहरू स्पष्ट रूपमा अघि सार्दछौंः
    1.सहकारी विभागका महानिर्देशक, कर्मचारी, सञ्चालक, कर्मचारी तथा शेयरधनी सबैको सम्पूर्ण चल–अचल सम्पत्ति तत्काल छानबिन गर्नुपर्छ।
    2.अनैतिक रूपमा आर्जन गरी तीन पुस्ते सम्म लुकाइ राखिएको सम्पत्ति सार्वजनिक गरी बिक्री गरेर पीडित निक्षेपकर्ताको रकम भुक्तानी गर्नुपर्छ।
    3.विगत ३६ महिनादेखि निरन्तर चलिरहेको हाम्रो आन्दोलनलाई मान्यता दिई, नयाँ बन्ने सरकारले घाइते प्रतिनिधि र पीडित बचतकर्ताको माग तत्काल सम्बोधन गर्ने ठोस कदम चाल्नुपर्छ।
    हाम्रो माग सम्बोधन नभएमा हामी बाध्यतावश फेरि सडक आन्दोलनमा उत्रनुपर्छ भन्ने कुरा सबैले स्पष्ट बुझ्नुपर्छ।
    हामी नयाँ बन्ने सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
    कुशलभ केसी
    अध्यक्ष
    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)



    sancharchautari sancharchautari    
  • २६ भाद्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP