logo
  • १६ माघ २०८२, शुक्रबार | Fri, 30 Jan 2026
  • Dark Mode

          Subscribe

    सहकारी पीडितहरूको वचत फिर्ता माग गर्दै बुद्धनगरमा प्रदर्शन जारी

    सहकारी पीडितहरूको वचत फिर्ता माग गर्दै बुद्धनगरमा प्रदर्शन जारी

    काठमाडौं । सहकारी पीडितहरूले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन जारी राखेका छन्।

    विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको र सहकारीमार्फत जम्मा गरेको रकम अझै फिर्ता नपाएको भन्दै उनीहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि प्रदर्शन गरेका हुन्। वचतकर्ताले सहकारीमा राखेको सम्पूर्ण रकम फिर्ता गराउनुपर्ने, वचत हिनामिना गर्ने जिम्मेवार व्यक्तिमाथि कारबाही गर्नुपर्ने र पूर्वसरकारहरूले गरेका प्रतिबद्धता अविलम्ब लागू गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

    पीडितहरूका अनुसार सरकारसँग पटक–पटक वार्ता भए पनि दिगो समाधानका उपाय लागू नभएको गुनासो छ।

    प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण रकम फिर्ता गर’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं’, ‘सबै पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘समस्याग्रस्त सहकारी व्यवस्थापनमा देखिएका अनियमितताबारे कारबाही किन रोकियो?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।



    sancharchautari sancharchautari    
  • १६ मंसिर २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP