logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

    जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

    काठमाडौँ, २६ मङ्सिरःपाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

    निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।
    दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।



    sancharchautari sancharchautari    
  • २६ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP