logo
  • ५ असार २०८३, शुक्रबार | Fri, 19 Jun 2026
  • Dark Mode

          Subscribe

    जावलाखेल चिडियाखानामा बर्डफ्लु संक्रमण, अनिश्चितकालका लागि बन्द

    जावलाखेल चिडियाखानामा बर्डफ्लु संक्रमण, अनिश्चितकालका लागि बन्द

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ ।

    चिडियाखाना परिसरभित्र राखिएका पन्छीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुने गरी चिडियाखाना बन्द गरिएको हो ।

    चिडियाखानाको व्यवस्थापन हेर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले सर्वसाधारणको स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै अवलोकनमा रोक लगाएको हो । कोषले भनेको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको छ ।’

    चिडियाखानाभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि त्यहाँको अवस्था जोखिमपूर्ण बनेको छ । बर्डफ्लु विशेषगरी पन्छीहरूमा लाग्ने अति संक्रामक रोग हो ।

    यसले चिडियाखानामा रहेका अन्य दुर्लभ पन्छी तथा जनावरहरूलाई समेत गम्भीर असर गर्न सक्ने र मानिसमा पनि संक्रमण सर्न सक्ने उच्च जोखिम रहन्छ । यही जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि चिडियाखाना सिल गरिएको हो ।



    sancharchautari sancharchautari    
  • ५ असार २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP